
बिएल संवाददाता
नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ।
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ।
विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ।
विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन्।
त्यस्तै, साधारण हेरिटेज/बुटिक होटल १, डिलक्स हेरिटेज/बुटिक होटल ३ र लक्जरी हेरिटेज/बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ।
विभागले एक सय २३ साधारण रिसोर्ट, ६ डिलक्स रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ।
त्यस्तै विभागले नौंवटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ। यस्तै, तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा रहेको विभागले जनाएको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया