सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिक्रट मैदानमा लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ।
जारी प्रतियाेगितमा दवै टाेली पहिलाे जितकाे खाेजीमा रहेका छन्।
लुम्बिनी पहिलाे खेलमा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्ससँग पराजित भएकाे थियाे। भने, पाेखरा चितवन राइनाेज र काठमाडाैँ गुर्खाजसँग पराजित भएकाे थियाे।
अंक तालिकामा लुम्बिनी साताैं र पाेखरा आठाैं स्थानमा रहेका छन्।