पार्टी सभापति रवि लामिछानेलाई कुर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता कास्की जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका छन्। पाेखराका ‘दिदी-बहिनी’हरु रविलाई कुर्न बिहीबार राति प्रहरीकाे ढाेकामा बसेकाे रास्वपा सदस्य दीपक बाेहराले जानकारी दिए।
बाेहराका अनुसार बयानका क्रममा चितवन प्रहरीमा रहेका रविलाई बुधबार राति अकस्मात सडकमार्ग हुँदै कास्की पुर्याइएकाे थियाे। जसलाई रास्वपाले ज्यादती, शंकास्पद र अभद्र व्यवहार भनेकाे छ।
कास्कीबाट पनि त्यसैगरी रविलाई अन्यन्त्र लगिने जाेखिम भएकाे भन्दै कार्यकर्ताहरु ढाेका बसेका छन्। ‘हिजाे राति जुन व्यवहार भयाे, फेर पनि त्यही हुन्छ कि भनेर यहाँका दिदी-बहिनीहरुले रातिमा चिसाे पनि नभनेर कुरिरहनु भएकाे छ’, बाेहराले फेसबुक लाइभमा भने।
रविलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न गत कात्तिक २ गते नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले गत पार्टी कार्यालय च:मतिबाट पाेखरा पुर्याएकाे थियाे। पाेखराबाट उनलाई रुपन्देही, काठमाडाैँ हुँदै बयानका लागि चितवनसम्म पुर्याइएकाे थियाे।
बुधबार रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएकाे छ। रवि-गितेन्द्रबाबु (जिबी) राईसहित मिलेर वीरगञ्जकाे सानाे पाइला सहकारीकाे रकम अपचलन गरेकाे प्रहरीकाे आराेप छ। यस प्रकरणमा अनुसन्धानका लागि रविलाई वीरगञ्ज पनि पुर्याइने सम्भावना रहेकाे छ।