एनपिएल: काठमाडाैँलाई सुदूरपश्चिमले दियाे १६८ रनकाे लक्ष्य

Break n Links
Break n Links

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम राेयल्सले काठमाडाैँ गुर्खाजलाई १६८ रनकाे लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभमार ६ विकेट गुमाएर १६७ रन बनायाे।

सुदूरपश्चिमका लागि ब्रैंडन मैकमुलेनले अर्धशतक प्रहार गरे। ३६ बलकाे सामना गरेका उनले ३ चाैका र ४ छक्का प्रहार गरे।

त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनाेद भण्डारीले ३५ रन प्रहार गरे।

काठमाडाैँका राशिद खानले २ विकेट लिए। भने, कप्तान करण केसी, शहब आलम र गेहार्ड इरास्मले १-१ विकेट लिए।

प्रकाशित मिति: : 2024-12-05 14:45:00

प्रतिकृया दिनुहोस्