बिएल संवाददाता
अभिनेत्री समान्था रुथ प्रभुसँग विवाहको बन्धन टुटेपछि एक्लिएका थिए अभिनेता नागा चैतन्य। श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको केही महिनापछि नागाको भेट शोभिता धूलिपालासँग भएको थियो।
त्योबेला अभिनेताले आफ्नो हैदराबादको घरमा शोभितालाई पाहुनाको रुपमा स्वागत गरेका थिए। त्यो पहिलो पटक थियो उनीहरूको भेट। रिर्पोटको अनुसार त्यो भेट उनीहरूको चिनजानको थियो। र, उनीहरू एकअर्कोसँग निकै सहज देखिएका थिए।
चैत्यले शोभितालाई आफ्नो नयाँ घर पनि देखाएका थिए। जसलाई एकसाथ देखेर मिडियाहरू अफेयरको अफवाह नै फैलाएका थिए। तर त्यतिबेला उनीहरू एकसाथ थिएनन्।
सन् २०२३ मा मिशेलिन स्टार शेफ सुरेन्द्र मोहनले आफ्नो लण्डन रेस्टोरेन्टमा नागासँग एक तस्बिर सेयर गरेका थिए। त्यही तस्बिरको पछाडि पट्टी शोभिता पनि बसिरहेको देखिएको थियो। भलै, तस्बिरलाई तुरुन्तै हटाइएको थियो। मिडिया रिर्पोटको अनुसार त्यही लण्डनमा उनीहरूको लव अफेयर सुरु भएको थियो।
लब अफेयरबीच यी दुई जोडी सफारीको लागि जंगल पसेका थिए। जहाँ शोभिताले फोटो राखेकी थिइन् त्यही ठाउँमा नागाको पनि तस्बिर देखिएको थियो। जंगलको सफारीपछि यी जोडी घुम्नका लागि यूरोप गएका थिए।
नागार्जुनले गरेका थिए विवाहको घोषणा
९ अगस्तको दीन। नागाका पिता नागार्जुनले नै छोरा नागा र शोभिताको विवाहको घोषणा गरेका थिए। उनले लेखेका थिए, ‘हाम्रो छोरा नागाको सगाइ शोभितासँग गराउन पाउँदा धेरै खुसी छौं।’
एकअर्कोसँग औंठी साटासाट गरिसकेका उनीहरूको विवाह भने बुधबार अर्थात् आज हुँदैछ। उनीहरू पूरै रीतिरिवाजका साथ विवाह गर्दैछन्। ८ घण्टासम्म चल्ने विवाहमा अल्लु अर्जुन, चिरंजीवीलगायतको सहभागिता रहनेछ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया