नेपाल र चीनबीच विभिन्न ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात समझदारीपत्रमा हस्ताक्षर भएकाे हो।
दुई प्रधानमन्त्रीबीचकाे वार्तामा द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार द्विपक्षीय वार्ताले नेपाल र चीनबीचकाे सम्बन्धलाई अझ उचाइमा लैजान याेगदान पुर्याउनेछ।
द्विपक्षीय वार्तामा भैंसीको मासु निर्यातदेखि नगद सहयोगसम्मकाे पत्र आदानप्रदान भएकाे छ।
यसैगरी टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको प्रवक्ता ढकालले बताए।
यस्ता छन् नेपाल-चीनबीच भएका ९ बँदे सहमति र समझदारी
१.टोखा छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान
२. नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३. नाै तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्नसम्बन्धी प्रमाणपत्र आदानप्रदान
४. भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
५. विकास योजनासम्बन्धी समझदारी पत्र
६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७. नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८. स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र