परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी थिइन्। उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जादैछन्। ओलीको चीन भ्रमणपूर्व राणा चीन पुगेर फेरि प्रधानमन्त्री ओलीसँग पनि उनी सहभागी हुनेछिन्।