लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

Break n Links
Break n Links

लुम्बिनी बौद्ध विश्वविद्यालयका दुई सय ८९ जना दीक्षित भएका छन्। 

तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधि प्राप्त दुई सय ८९ जनालाई दीक्षित गरेका हुन्।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे।

ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालय सभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2024-11-29 16:48:00

प्रतिकृया दिनुहोस्