उपनिर्वाचन: हेटौँडा १२ मा दलहरुका आ–आफ्नै दावी

Break n Links
Break n Links

हेटौँडा उपमहानगरपालिका–१२ मा मङ्सिर १६ गते हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनको माहोल तातेको छ।

उम्मेदवारहरुले निर्वाचनसम्बन्धी गतिविधि तिव्र रुपमा बढाएका छन्। आफ्ना दलका उम्मेदवारलाई जिताउन विभिन्न राजनीतिक दलहरुले सक्रियता देखाएका हुन्।

प्रतिस्पर्धी दलहरुले आफ्नो उम्मेदवारले चुनाव जित्ने दावी गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यस पटक १२ नम्बर वडामा चुनाव जित्ने गरि प्रचार प्रसारलाई तिव्रता दिएको जनाएको छ। आफूहरु बलियो शक्ति रहेको राप्रपाले दावी पेश गरेको छ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत समर्थन जनाएको कारण पनि चुनावी पल्लाभारी रहेको राप्रपाका नेता कार्यकर्ताको दावी रहेको छ। राप्रपाले नेता प्रेम भ्लोनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

संघीय तथा प्रदेश निर्वाचनमा राप्रपालाई प्राप्त समानुपातिक मतका आधारमा बलियो शक्ति रहेको राप्रपा प्रदेश कमिटी सदस्य खुशी कार्कीले बताइन्।

हेटौँडा-१२ मा कांग्रेसबाट अर्जुनप्रसाद तिवारी र एमालेका राजेश नगरकोटी उम्मेदवार छन् भने माओवादी केन्द्रबाट रविन प्रधान उम्मेदवार छन्।

माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने कांग्रेस र एमालेले लोकप्रियता मापनका आधारमा आफू विजयी हुने दावी गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ नम्बर वडामा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता छन्, २०७९ मा ६ हजार ४६५ मतदाता थिए।

२०७९ मा माओवादीका उम्मेदवारले १३ सय ७१ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले १३ सय ४० र एमालेका नगरकोटीले १३ सय २५ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2024-11-28 15:30:00

प्रतिकृया दिनुहोस्