मङ्गलबार, २१ अप्रिल २०२६

कीर्तिपुरको मेयरमा माओवादीबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता

News Image
• • •

कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै उपनिर्वाचनका लागि माओवादीले कीर्तिपुर-१ को वडाध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इन्जिनियर नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ।

कीर्तिपुरकाे मेयर र वडाध्यक्षका लागि कतिपय राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् भने केहीले मनोनयन दर्ता गराउने क्रम जारी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!