साताका २१ तस्बिर: उपोषकाे रमझमदेखि ट्रम्प-बाइडेनकाे मुस्कानसम्म

Break n Links
Break n Links

सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनकाे चर्चा याे साता पनि जारी छ। त्यसमाथि नवनिर्वाचित राष्ट्रपति डाेनाल्ड ट्रम्प र हालका राष्ट्रपति जाे बाइडेनकाे भेट याे साता चर्चाकाे विषय बनेकाे छ। त्यसका साथै याे साता दक्षिण एसियाली क्षेत्रमा हिन्दुहरु बनाएकाे छठलगायत पर्वहरुकाे पनि चर्चा छ। भने, काेप- २९माथि पनि याे साता संसारले चासाे दियाे। यी र यस्ता घटनाका साथै याे साता संसारभरि भएका घटनाहरुलाई समेटेर राेयटर्सका फाेटाेपत्रकारहरुले खिचेकामध्ये २१ तस्बिर यहाँ प्रस्तुत छ:


 

ह्वाइट हाउसको ओभल अफिसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन वाशिंगटन डिसी अमेरिकामा।

आपराधिक समूह र सुरक्षा बलबीचको झडपको क्रममा मोटरसाइकल सवार दुर्घटना भएपछि सहयोग गर्दै अन्य व्यक्तिहरु हाइटीको पोर्ट-ओ-प्रिन्समा।

एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको समय, युनियन र सामाजिक संगठनका सदस्यहरूको रूपमा राष्ट्रिय कांग्रेस नजिकै प्रदर्शनकारीसँग एक प्रहरी अधिकारीको झडप, पेरुको लिमामा।

एम टिभी युरोप म्युजिक अवार्ड- २०२४ कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै दक्षिण अफ्रिकी गायिका टिला, म्यानचेस्टर बेलायतमा।

चीनको गुआंग्डोंग प्रान्तको झुहाईमा घातक कार आक्रमण भएको खेलकुद केन्द्र बाहिर राखिएका फूलका गुच्छाहरू हटाउँदै मानिसहरू।

उपोष पर्व मनाउने क्रममा हिन्दु भक्तजनहरु बंगलादेशको ढाकामा।

स्पेनको भ्यालेन्सिया नजिकैको क्याटारोजामा भारी वर्षाका कारण आएको बाढीपछि आफ्नो घरबाट थुप्रिएको हिलो माटो निकाल्दै एक व्यक्ति।

गिनिज वर्ल्ड रेकर्ड तोड्नको लागि त्यही लहर चलाउने प्रयास गर्दै सर्फर्सहरु ब्राजिलको सान्तोसमा।

क्यालिफोर्निया, अमेरिकाको एन्सिनिटास कार्डिफ स्टेट बिचमा ज्वारभाटा कम भएको समयमा आहारा खोज्दै एक समुद्री पन्क्षी।

पशु सचेतना कक्षामा उपस्थित हुँदै रोडिका कुखुरा र बबल्स द डक सिन्ड्रिलिता, इल्फोभ, रोमानियामा।

‘मूर्ख’ कार्निवल सिजनको अवसरमा रमाइलो गर्दै मूर्खहरु जर्मनीको कोलोनमा।

भेट्रान्स डेको अवसरमा नेभल बेस स्यान डिएगो नजिकैको स्थानमा सेवार्ड जोनसनले बनाएको मूर्ति ‘एम्ब्रेसिङ पीस’, क्यालिफोर्नियाको स्यान डिएगो, अमेरिकामा।

सैन्यतालिम प्राप्त कुकुर ग्रेनजरसँग प्रशिक्षण र उपकरण अभ्यासमा भाग  लिने क्रममा एक सैनिक बेलायतको रुटल्याण्डको सेन्ट जर्ज ब्यारेकमा।

गाजा सहरमा इजरायली हमलाले विस्थापित मानिसहरूलाई आश्रय दिने स्कूलमा लागेको आगोको छेउमा हिँड्दै प्यालेस्टाइनीहरू।

वार्षिक कलेज शैक्षिक योग्यता परीक्षामा आफ्नो बच्चाको सफलताको लागि बौद्ध मन्दिरमा प्रार्थना गर्दै एक महिला दक्षिण कोरियाको सियोलमा।

रियाद सिजनको एक भागको रूपमा फेसन डिजाइनर साबको ४५ वर्षको फेसन करियरको उत्सव मनाउने ‘द १००१ सिजन अफ इल्ली साब’ फेसन शोमा आफ्नो प्रस्तुति दिँदै अभिनेत्री जेनिफर लोपेज, साउदी अरेबियाको रियादमा।

‘ग्लेडिएटर टू’को ग्लोबल प्रिमियरमा भाग लिने क्रममा चिलीका अभिनेता र अभिनेत्री पेड्रो पास्कल र लक्स पास्कल बेलायतको लन्डनमा।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन काेप-२९ भएको स्थान आवासीय ओलम्पिक स्टेडियममा जलवायु परिवर्तनविरुद्ध लड्नको लागि आर्थिक सहायता उपलब्ध गराउन विकसित राष्ट्रहरूलाई आह्वान गर्दै कार्यकर्ताहरू अजरबैजानको बाकुमा।

यमुना नदीको किनारमा ग्राहकको दारी काट्दै हजाम भारतको नयाँ दिल्लीमा।

हिन्दू धार्मिक पर्व छठ पूजाको समयमा यमुना नदीको प्रदूषित पानीमा उभिएर सूर्य देवताको पूजा गर्दै एक महिला भारतको नयाँ दिल्लीमा।

धुवाँ र वायु प्रदूषणको बीचमा देखिएका भवनहरू, पाकिस्तानको कराँचीमा।

प्रकाशित मिति: : 2024-11-16 14:39:00

प्रतिकृया दिनुहोस्