बिएल संवाददाता
म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सत्तासीन सेनाले ‘सानो नेपाल’ भनेर चिनिने मोगोक शहरको ल्येऊ टोलमा घातक हवाई आक्रमण गरेको छ।
सशस्त्र विद्रोही दस्ता ताआङ सेनाले आफ्नो नियन्त्रणमा लिएको मण्डले क्षेत्रको मोगोकमा ‘जुन्ता’ले हवाई आक्रमण गर्दा एकजना नेपालीभाषीसहित ३ जनाको मृत्यु भएको छ।
‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ। हाम्रो टोलका सबै घरहरू बमले उडाएको छ। ब्म लागेर एकजना नेपाली दाजुको पनि मृत्यु भएको छ, धेरै जना घाइते हुनुभएको छ। यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने।

सोमबार राति ११ बजेतिर सैनिक शासनद्वारा नेपालीभाषीको बाक्लो बस्ती रहेको ल्येऊमा हवाई आक्रमण गरी बम बर्साउँदा दर्जनौँ नेपालीहरू घाइते भएका छन्। उनीहरू मध्ये कतिपयको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
मोगोकका नेपालीभाषीले दिएको जानकारी अनुसार शहरको पूर्व र पश्चिम भागका केही स्थानमा सेनाले हवाई आक्रमण गरिएको थियो। त्यो आक्रमण पछि धेरै नेपालीभाषीहरू घर छाडेर जंगलतिर भागिरहेका छन्।
सेनाको घातक हवाई आक्रमणले ल्येऊ टोलका अधिकांश घर, पसल र रुबी बजार भत्काएको स्थानीयहरूले बताएका छन्। म्यान्माली सेनाले सत्ता हालमा लिएपछि मोगोकको आन्दोलनमा गोर्खाली भनेर चिनिएका नेपालीहरू पनि सडकमा उत्रिएका थिए।

सैन्य शासनयता झण्डै एक दर्जन नेपालीभाषीले सेनाको गोली र हवाई आक्रमणबाट ज्यान गुमाएका छन्। तैपनि नेपालीभाषीहरू जुन्ता सरकारको विरोधमै छन्।
गोर्खालीहरूले म्यान्मार देशको रक्षाका लागि छातिमा गोली खाएर गरिमामय इतिहास राखेको बर्मेली नेपालीहरू बताउँछन्। पूर्खाको इतिहासलाई कायम राख्दै मातृभूमि म्यान्मारको रक्षा गर्नु नेपालीभाषीहरूको कर्तव्य भएको उनीहरूको दाबी छ। म्यान्मारमा लगभग डेढ लाख नेपालीभाषीहरू रहेका छन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया