बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई उद्योगमा काटिएको लाइन जोड्नका लागि मन्त्रिपरिषद्को निर्णयसहितको निर्देशन पठाएको छ।
सोमबार साँझ ढिला गरेर मन्त्रालयले प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको हो। ‘केही समयअघि हामील मन्त्रिपरिषद्को निर्णयसहितको लाइन जोड्नका लागि निर्देशन पठाएका छौँ’, उर्जा मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले बिएल नेपाली सेवासँग भने।
तर विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने अहिलेसम्म लाइन जोड्नका लागि मन्त्रालयबाट आएको पत्र आफूलाई जानकारी नभएको बताए। ‘मैले पत्र आएको नआएको बुझिरहेको छु। अहिलेसम्म मन्त्रालयको पत्र आएको मलाइ थाहा छैन’, उनले भने।
सोमबार मन्त्रिपरिषद् बैठकले कात्तिक ८ गते प्राधिकरणले दुई दर्जन बढी उद्योगको काटेको लाइन जोड्न २४ घण्डे अल्टिमेटम दिएको थियो। मन्त्रिपरिषदको अल्टिमेटम सकिँन लाग्दासमेत अहिलेसम्म के हुने भन्नेमा प्राधिकरण निष्कर्षमा पुग्न सकेको छैन।
यो समाचार तयार पार्दै गर्दा काटिएको लाइन जडान गर्ने कि नगर्ने भन्ने विषयमा विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बसिरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया