विश्वकप लिग २ : अमेरिकासँग पराजित नेपालकाे स्कटल्यान्डसँग आश

आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ। २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।

अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो।

यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए। कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए। 

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे।

अमेरिकाका  नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए। हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १–१ विकेट हात पारे। नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।
 

प्रकाशित मिति: : 2024-10-28 08:53:00

प्रतिकृया दिनुहोस्