शनिबार, १२ जुलाई २०२५

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा काठमाडौँमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2024-10-25 14:00:00
• • •

कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जा नेपाल आएका छन्।

शुक्रबार नेपाल आएका पूर्जालाई विभिन्न संघ संस्थालगायत शुभेच्छुकले काठमाडौँमा भव्यताका साथ स्वागत गरेका छन्।

उनले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु चढेर कीर्तिमान कायम गर्न सफल भएका थिए।

सञ्चारकर्मीसंग कुराकनी गर्दै उनले ज्यानको बाजी राखेर नेपाललाई विश्वसामु चिनाउन पाउँदा खुसी लागेको भन्दै सबैको साथ रहने हो भने अझै राम्रो काम गर्ने बताए।

‘मैले कति दुख गरे होला यो कुरा म दोहोर्याउन चाहन्न। यति कोशिस र ज्यानको बाजी राखेर नेपाललाई विश्वसामु चिनाउन मैले सानो योगदान दिन पाउँदा खुसी लागेको छ। मैले नेपाललाई चिनाउने काम गर्न पाएको छु। अझै काम गर्न धेरै नै बाँकी छ, तपाईंहरु सबैको साथ रहने पनि आशा गर्दछु’, उनले भने।

उनले ४८ घन्टाभित्र सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमाल आरोहण गरेका छन् भने ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन्।

उनले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गरिसकेका छन्। यो हिमालहरु सबैभन्दा छिटो आरोहण गर्नेमा पनि उनले आफ्नो नाम राखेका छन्।

उनलाई प्रत्येक ७ महादेशका सबैभन्दा अग्लो हिमाल अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गर्ने पहिलो व्यक्तिको रुपमा पनि चिनिने गरिन्छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?