कन्ट्रोल एडिक्शन नेपालले गर्‍याे रक्तदान कार्यक्रम (भिडियाेसहित)

कन्ट्रोल एडिक्शन नेपालले रक्तदान कार्यक्रम गरेकाे छ। 

‘एक रगतको थोपा बन्नसक्छ जीवनको थोपा’ भन्ने नाराका साथ क्यानले बुधबार रक्तदान कार्यक्रम गरेकाे हाे। 

ललितपुरको गोदावरी टाउखेल–३ मा रहेको कन्ट्रोल एडिक्शन नेपालले गरेकाे रक्तदान कार्यक्रममा विभिन्न संस्थाहरूकाे सहयाेग रहेकाे थियाे। 

जसमा सृष्टि नेपाल, काेशिस फाउण्डेशन, जीवन परिवर्तन उपचार तथा पुनःस्थापना केन्द्र, गाेदावरी मेडसिटी हस्पिटल र हाम्राे लाइफ बैंक सहभागी थिए। 

किन आवश्यक छ रक्तदान? 

कन्ट्रोल एडिक्शन नेपालले प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दैआइरहेकाे छ। 

रगतका अभाव नहाेस् भन्ने उद्देश्यका साथ क्यानमा संरक्षण २२–२५ जनाले रक्दान गरेकाे क्यानका राजु गुरूङले बताए। 

उनका अनुसार रक्तदानले स्वास्थ्यका साथै आत्म सन्तृष्टि पनि दिलाउँछ।

‘हामीले रक्तदान गरेर कसैको जीवन बचाउन सक्छौं भने त्यो काम गर्नुपर्छ। यसले आत्म सन्तृष्टि पनि बनाउँछ’, उनले बिएल नेपाली सेवालाई बताए।

प्रकाशित मिति: : 2024-10-23 17:30:00

प्रतिकृया दिनुहोस्