सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

File Photo
File Photo

साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ। शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-10-20 11:05:00

प्रतिकृया दिनुहोस्