सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी–२० श्रृंखला

File Photo
File Photo

टी–२० आई श्रृंखलाको दाेस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले जित निकालेकाे छ।

अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको दाेस्रो खेलमा नेपालले एक खेल अगावै श्रृंखला जितेको हाे।

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाई आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो।

उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पूरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेलअघि जित्न सफल भयो। अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो।

दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा अमेरिकाले पनि १ सय ७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो।

डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।

नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि भएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे।

त्यस्तै गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए। अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए।

१ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो। अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए।

थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए। नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।

प्रकाशित मिति: : 2024-10-20 10:13:00

प्रतिकृया दिनुहोस्