एमालेको सचिवालय बैठक बस्दै, रविबारे छलफल हुन सक्ने

Break n Links
Break n Links

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ।

साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने बुझिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्कवितर्क भइरहेका छन्।

बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2024-10-20 07:32:00

प्रतिकृया दिनुहोस्