दसैं नमनाइ ५५ हजार युवाले छोडे देश

दसैं भित्रिइसकेका बेला वैदेशिक रोगारीमा जानेहरूको संख्यामा कुनै कमी आएको छैन। असोजमा परेको दसै नमनाइ यही महिनाको २२ गतेसम्म ५५ हजारले देश छाडेका छन्।

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन्। गत वर्ष दसैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो।

टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दसैंको मुखका विदेश गएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन्।

दसैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ। दसैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ। 
 

प्रकाशित मिति: : 2024-10-10 11:56:00

प्रतिकृया दिनुहोस्