राष्ट्रपतिद्वारा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण

राष्ट्रपति रामचन्द्र पौडेलले यस दसैंमा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका छन्। यही असोज २६ गतेका दिनको दसैंमा उनले अपरान्ह ३ बजेपछि मात्र उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका हुन्। 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीकाअनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने समय निर्धारण भएको छ।

त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई टीका लगाउने समय निर्धारण भएको छ। 

टीका ग्रहरणका लागि राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पुग्नपर्ने छ।  साथै टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन पनि भनिएको छ। टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ।

प्रकाशित मिति: : 2024-10-08 19:07:00

प्रतिकृया दिनुहोस्