घट्यो सुनको मूल्य

मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा बिक्रि भइरहेको छ । 

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो।

यस्तैगरि, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको थियो। 

प्रकाशित मिति: : 2024-10-08 12:18:00

प्रतिकृया दिनुहोस्