कांग्रेस नेता/कार्यकर्ताले गरे आफ्नाे पार्टी कार्यालयकाे सरसफाइ (भिडियाे)

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ।

केही दिनअघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाइ गरेको पार्टीका उपसभापति धनराज गुरुङ्ले जानकारी दिए।

उनले भने, ‘गएको ११ र १२ गते अविरल वर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एकदमै धेरै फोहाेर भएको थियो।’

भिडियाे :

प्रकाशित मिति: : 2024-10-07 10:07:00

प्रतिकृया दिनुहोस्