बाढीपहिरो प्रभावित १४ जिल्लाका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

बाढी, पहिरो र डुवानबाट बढी प्रभावित १४ जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएकाे छ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेकाे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले १४ जिल्लाका पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेकाे हाे।

बैठकले काठमाडौँ उपत्यकासहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर जिल्ला बढी प्रभावित भएको देखियो। यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिनेछ।’

स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2024-10-04 17:50:00

प्रतिकृया दिनुहोस्