बाढी प्रभावित क्षेत्रमा प्रचण्ड-दौडाह: यो सरकारले कामै गर्न सकेन

Break n Links
Break n Links

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष बाढी तथा पहिरो प्रभावित क्षेत्र निरिक्षणका विभिन्न ठाउँमा पुगिरहेका छन्। प्रभावित क्षेत्रमा पुगेर उनले त्यहाँका पीडितहरूलाई राहत तथा पुनMस्थापनाका लागि सरकारलाई झक्झक्याउने आवश्वासन दिएका छन्। 

त्यस्तै उनले विपद न्यूनिकरण तथा त्यसपछिका राहत अनि पुन:स्थापनामा सरकारले योजनावद्ध पहल नगरेको भन्दै आलोचना पनि गरिरेहका छन्। यसअघि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र पुन:स्थपानामा सघाउनका लागि पार्टीले कालिमाटीस्थित सुकुम्बासी वस्तीमा स्वंयसेवकहरू परिचालन गरेर देशव्यापी स्वंयसेवा अभियान सुरु गरेको थियो। 

पूर्वप्रधानमन्त्रीसमेत प्रचण्डले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा सरकारले खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति  गर्न नसकेको आरोप लगाए। 

स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उनले स्पष्ट पारे। 

अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराए। 

उनले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताएका छन्।

भिडियाे :

प्रकाशित मिति: : 2024-10-03 08:10:00

प्रतिकृया दिनुहोस्