पूर्वी नेपालमा फेरि भारी वर्षा, बाढी र पहिरोको जोखिम

पूर्वी नेपालमा फेरि भारी वर्षा सुरु भएको छ। बुधबार बिहान कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको हो। 

विशेष गरेर सुनसरीको तरहरा र आसपास भारी बर्षा भएको छ र थप हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले यस क्षेत्रका सर्दु , सुनसरी खोला , बुढी खोला, खेसलिया खोला लगायत अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने पनि महाशाखाले बताएको छ। 

जसबाट सतर्क रहन आग्रह गरिएको छ। आज बुधबार र बिहीबार कोशी प्रदेशमै वर्षा गराउने मनसुन रहने र त्यो मनसुन विस्तारै पश्चिमतिर सर्दै जाने महाशाखाले अनुमान गरेको छ। 

प्रकाशित मिति: : 2024-10-02 08:09:00

प्रतिकृया दिनुहोस्