बाढीपहिरोबाट १७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति?

Break n Links
Break n Links

असोज ११ र १२ गते भएको घनघोर वर्षा र त्यससँगै बाढी र पहिरोबाट विभिन्न क्षेत्रमा लगभग १७ अर्बभन्दा बढीको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले अनुमानित क्षतिविवरण प्रस्तुत गरेका हुन्।

उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ। त्यस्तै खानेपानी संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिंचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए।

उनका अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परेर २२४ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना मानिस बेपत्ता भएका छन् र डेढ सय मानिस घाइते भएका छन्। 

प्रकाशित मिति: : 2024-10-01 17:08:00

प्रतिकृया दिनुहोस्