घट्याे सुनचाँदीकाे मूल्य, ताेलामा कति पुग्याे?

सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: : 2024-10-01 13:28:00

प्रतिकृया दिनुहोस्