निगमले घटायाे पेट्राेल र डिजेलकाे मूल्य, घाटा खाएरै ग्याँसकाे मूल्य यथावत राखियाे

Break n Links
Break n Links

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौँमना पेट्रोलको मूल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रतिलिटर भएको निगमले जनाएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

एलपी ग्याँसमा हाल प्रतिसिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-30 21:07:00

प्रतिकृया दिनुहोस्