आज पनि घट्यो सुनचाँदीको मूल्य

Break n Links
Break n Links

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार १ सय रूपैयाँले घटेको हो। 

आइतबार पनि सुनको मूल्य घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला  १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ।
 

प्रकाशित मिति: : 2024-09-30 10:43:00

प्रतिकृया दिनुहोस्