बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन्। 

नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३ हजार २६६ भन्दा बढीको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2024-09-29 13:53:00

प्रतिकृया दिनुहोस्