कुलेखानीको बाँध भरिन थाल्यो, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ। 

गृह मन्त्रालय विपद् महाशाखा प्रमुख तथा विपद् कमाण्ड पोष्टका संयोजक डा. भीष्मकुमार भुषालका अनुसार केही घण्टामै बाँध भरिने स्थिति देखिएको र बाँधको सुरक्षाका लागि पनि ढोका खोल्नुपर्ने अवस्था देखिएको छ। 

बाँधको ढोका खोल्दा कुलेखानी तल्लो तटीय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन संयोजक डा. भुषालले आग्रह गरेका छन्। उनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको जानकारी पनि गराएका छन्।
 

प्रकाशित मिति: : 2024-09-27 17:02:00

प्रतिकृया दिनुहोस्