यस्तो देशको ढुकुटी: डलरको सञ्चय बढ्यो, मूल्यवृद्धि घट्यो (पूर्ण विवरणसहित)

Break n Links
Break n Links

नेपाल राष्ट्र बैंकले देशको आर्थिक स्थिति सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०१८/८२ को साउन महिनाभरिको आर्थिक स्थिति राष्ट्र बैंकले सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार हाल सरकारको चालु खातामा ३० अर्ब ८९ करोड बचत छ।

त्यस्तै अहिले सरकारको ढुकुटीमा १५ अर्ब ५८ करोड डलर सञ्चिति छ। गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो।

एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको हो। यो भनेको लगभग २० खर्ब ४१ अर्ब १० करोड हो। अहिलेको आयात दरअनुसार यो रकमले लगभग १६.७ महिना वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्छ।

त्यस्तै अहिले नेपाली बजारमा समग्र उपभोक्ता मूल्यवृद्धि दर घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो साउन महिनामा उपभोक्ता मुद्रास्फीति दर ४.१० प्रतिशतमा सीमित छ। अघिल्लो वर्ष साउनसम्म यो दर ७.५२ प्रतिशत थियो। 

आर्थिक वर्ष २०१८/८२ को साउन महिनाभरिको आर्थिक स्थिति राष्ट्र बैंकले सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार हाल सरकारको चालु खातामा ३० अर्ब ८९ करोड बचत छ।

त्यस्तै अहिले सरकारको ढुकुटीमा १५ अर्ब ५८ करोड डलर सञ्चिति छ। गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो।

प्रकाशित मिति: : 2024-09-26 14:29:00

प्रतिकृया दिनुहोस्