बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो। त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ।

स्वागत तथा अन्तर्क्रिया कार्यक्रम अमेरिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेका भातृसंगठनले आव्हानमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विभिन्न स्थानिय नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम रहेको थियो।
यसैबीच न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जनाएको छ।
नेपाली महावाणिज्यदूतावासजे जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ।’ 
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग फिने क्रममा शुक्रबारदेखि अमेरिकामा छन् । परराष्ट्रमन्त्री डा. राणा देउबा क्यानाडा हुँदै शनिबार न्युयोर्क आएर प्रतिनिधि मण्डलमा सहभागी भएकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया