कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेकोले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2024-09-20 12:21:00

प्रतिकृया दिनुहोस्