दरबारमार्गकाे कन्सर्टमा बालेन समर्थकमाथि कुटपिट

दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि कुटपिट भएकाे छ।

संविधान दिवसको अवसरमा नागरिक स्तरबाट भएको कन्सर्टमा सहभागी भएका बालेन समर्थकमाथि कुटपिट भएकाे हाे।

बालेनको पक्षमा नारा लगाएपछि ती युवकलाई एक समूहले कुटपिट गरेको हो। कुटपिट गरेर युवाहरु भागेको बताइएको छ।

संविधान दिवसको अवसरमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने कार्यक्रम छ। 
 

प्रकाशित मिति: : 2024-09-19 17:17:00

प्रतिकृया दिनुहोस्