१६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन (सूचीसहित)

Break n Links
Break n Links

१६ देशका लागि सिफारिस भएका नेपाली राजदूतको नाम अनुमोदन भएकाे छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हाे।

सरकारले १७ देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको थियाे।

श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराई भने स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन्। भट्टराईबाहेक अन्य १६ जनाको नाम अनुमोदन भएका हुन्।

राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमाण श्रेष्ठ र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो।

यस्तै चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ।

इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

प्रकाशित मिति: : 2024-09-19 14:50:00

प्रतिकृया दिनुहोस्