बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
बुधबार कोशी प्रदेशसभामा भएकाे मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।
नेकपा एमाले-नेपाली कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन्। विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रियामा ८३ सांसदले भाग लिएका थिए।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन्। माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो।
केन्द्रमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो। अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन्। त्यस्तै प्रदेशमा माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन्।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया