बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
बुधबार कोशी प्रदेशसभामा भएकाे मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।
नेकपा एमाले-नेपाली कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन्। विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रियामा ८३ सांसदले भाग लिएका थिए।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन्। माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो।
केन्द्रमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो। अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन्। त्यस्तै प्रदेशमा माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया