निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एमालेले बनायाे एक वर्षे कार्ययोजना (पूर्णपाठ)

Break n Links
Break n Links

नेकपा एमालेले केन्द्रले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एक वर्षे कार्ययोजना बनाएको छ।

आगामी निर्वाचनबाट पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वार्षिक कार्ययोजना तयार पारेको हाे।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ।

यस्तै एमालेले पार्टी विधानले वर्षको अन्तिम दुई महिना फागुन र चैतलाई सदस्यता नवीकरणको अवधि मानेको छ। उक्त समयमा आगामी वर्षका लागि सदस्यता नवीकरण गर्नुपर्ने कार्ययोजनामा भनेकाे छ।

‘पार्टी विधानले वर्षको अन्तिम दुई महिना फागुन र चैतलाई सदस्यता नवीकरणको अवधि मानेको छ। उक्त समयमा आगामी वर्षका लागि सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ। पार्टी प्रवेश र नयाँ सदस्यता विस्तारको कामका लागि भने समय तोकिएको छैन। वर्षभरी नै प्रवेश र विस्तारको काम गरी अभिलेखीकरणको काम गर्नुपर्ने हुन्छ। तर विधानको सो व्यवस्थाको कार्यान्वयनमा समस्या रहँदै आएको छ। अधिवेशनका समयमा प्रतिनिधित्व बढाउनका लागि नवीकरण गर्ने र बिना कुनै मापदण्ड सदस्यता बृद्धि गर्ने काम भएको देखिन्छ। तर अन्य समयमा सदस्यता नवीकरणको काम खासैअघि बढ्न सकेको देखिँदैन’, कार्ययोजना भनिएकाे छ। 

प्रकाशित मिति: : 2024-09-18 16:26:00

प्रतिकृया दिनुहोस्