वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
विशेष गरी वसन्तपुरमा इन्द्रजात्राको उल्लासका साथ मनाइँदैछ। इन्द्रजात्राको मुख्य दिन आज वसन्तपुर क्षेत्रमा सर्वसाधारणकाे घुइँचाे लागेकाे छ।
इन्द्रजात्रा विशिष्ट व्यक्तिहरूकाे उपस्थिति हुने भएकाेले साे क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।