बिएल संवाददाता
आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ।
एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो।
सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।
यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे। यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए। नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए। यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए।
२५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमको ब्याटिङ अर्ड ध्वस्त हुँदा ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो।
नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए। यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे। गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे। यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे।
नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए।
विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया