सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भयो: रवि लामिछाने (भिडियाे)

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए।

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ’, उनले भने।

यसका साथै, उनले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाँउमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए।

लामिछानेले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो। मेरो भूमिका कतै पनि छैन भन्ने कुरा स्पष्ट भइहाल्यो। लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुँदैन। त्यसकारण आएका कुरालाई एम्डीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ। तर मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो। रवि लामिछानेसँग जोडेर लाखौँ सहकारी पीडितमाथि पाप भएको छ। पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन। तर आज विषय म हुनुपर्ने थिएन।’ 

प्रकाशित मिति: : 2024-09-16 16:06:00

प्रतिकृया दिनुहोस्