संसद अधिवेशन अन्त्यकाे सिफारिस, उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

File Photo
File Photo

सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

यसैगरी सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेकाे छ।

यसअघि आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको थियाे।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।

प्रकाशित मिति: : 2024-09-15 18:59:00

प्रतिकृया दिनुहोस्