बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको फ्रेन्चाइजी चयनको लक्की ड्र सम्पन्न भएको छ।
जसअनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाइजीबाट खेल्ने भएका छन्। त्यस्तै मार्की खेलाडी कुशल भुर्तेल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन्। त्यसैगरी मार्की खेलाडी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन्। भने, मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाइजीबाट खेल्ने भएका छन्।
त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन्। भने, मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन्। त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाइजीबाट खेल्ने भएका छन्।
क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो।
मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाइजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ।
एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया