बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो झुटो बोल्ने मान्छे नेपालमै नभएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन्।
उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा.सन्दुक रूइत जानुभयो। हामी गयौंँ लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो। नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे।’
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए। उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए।
उनले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला। विश्वविद्यालय भएर जानुहुन्न।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्नसमेत चुनौती दिए। उनले कांग्रेस–एमालेलाई विद्यार्थी सङ्गठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया