बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो झुटो बोल्ने मान्छे नेपालमै नभएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन्।
उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा.सन्दुक रूइत जानुभयो। हामी गयौंँ लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो। नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे।’
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए। उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए।
उनले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला। विश्वविद्यालय भएर जानुहुन्न।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्नसमेत चुनौती दिए। उनले कांग्रेस–एमालेलाई विद्यार्थी सङ्गठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया