बिएल संवाददाता
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि चीन गएका छन्।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित उनी थप उपचारका लागि आइतबार दिउँसाे एअर चाइनाको सिए–४३८ उडानमार्फत् पत्नी ओनसरी घर्तीमगरसँगै चीन गएकाे पुनको सचिवालयले जनाएकाे छ।
पुनले यसअघि चीनकाे सेन्चन शहरस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। उनमा देखिएकाे आनुवंशिक जण्डिस रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।
यो राेगका कारण मानिसहरूको आँखा र छाला पहेँलो हुने र खानामा अरुचि हुने तथा पाचन प्रणालीको समस्या हुने चिकित्सकहरू बताउँछन्।
पारिवारिक स्रोतकाअनुसार उनलाई अहिले ‘बिलिरुबिन’मा समस्या देखिएको छ। बिलिरुबिन पहेँलो पदार्थ हो, जुन पुरानो रक्त कोशिकाहरू तोडिँदा उत्पादन हुन्छ। कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्त थैलीमा भण्डारण हुन्छ। बिलिरुबिन बढ्नु भनेकाे जण्डिस बल्झिनुजस्तै हो।
एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञका अनुसार उनमा देखिएकाे जण्डिस आनुवंशिक र जन्मजात हो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया