मेसी बिना चिलीमाथि सहज जित

दक्षिण अमेरिकी विश्वकप छनौटअन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक-एक गोल गरेका थिए। अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो। चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2024-09-06 09:49:00

प्रतिकृया दिनुहोस्