प्रचण्डलाई भेट्न पुगे एमाले नेताहरू, के भयाे कुराकानी?

Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका नेताहरूले भेट गरेका छन्।

बिहीबार दिउँसो एमाले बागमती प्रदेश ईन्चार्जकाे नेतृत्वमा काठमाडाैँ जिल्लाका ईन्चार्ज र पालिका ईन्चार्ज, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुकाे प्रतिनिधिमण्डलले प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेका हुन्।

भेटमा हालै नदी किनारका जमिन र बस्तीका विषयमा सर्वाेच्च अदालतले गरेकाे फैसला र काठमाडौँ महानगरपालिकाका मेयरले जारी गरेकाे परिपत्रका सम्बन्धमा अध्यक्ष प्रचण्डकाे ध्यानाकर्षण गराएका हुन्।

साे क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलाेकनमा जानपर्ने विषयमा सहमति जनाएकाे एमाले बागमती इन्चार्ज राजन भट्टराईले जानकारी दिए।

प्रचण्डले यस विषयमा आफ्नाे दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जादाँ आफ्नाे दलकाे समर्थन रहने प्रतिबद्धता जनाएकाे उनले बताए।

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी फैसला गरेकाे थियाे। एमालेले याे फैसलामा न्यायिक पुनरावलोकन गर्न माग गरिरहेकाे छ। 

याे पनि...
प्रकाशित मिति: : 2024-09-05 16:46:00

प्रतिकृया दिनुहोस्