घट्याे सुनचाँदीको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-02 11:01:00

प्रतिकृया दिनुहोस्