सुनको मूल्य बढ्दा घट्यो चाँदी

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-29 11:01:00

प्रतिकृया दिनुहोस्